‘अवैध सुन तस्करीमा संलग्नहरुको संरक्षणमा सरकार’


काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवैध सुन तस्करीमा संलग्नहरुलाई सरकारले संरक्षण गरेको बताएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले एक क्वीन्टल बढी सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षण रहेको बताएका हुन् ।

यसबारे उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने उनको माग छ । उच्चस्तरीय छानबिन समिति नबनाए एमालेले संसद् चल्न नदिने उनले बताएका छन् । ‘राजस्वका डिजीलाई १० दिनअघि नै सूचना आउँछ भने प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो थिएन ? अवश्य थियो सभामुख महोदय । अर्थ र गृह मन्त्रालयका कर्मचारीको मात्र सेटिङले यत्रो क्विन्टलका क्विन्टल यसरी सुन तस्करी भएको छैन ।’, प्रमुख सचेतक गिरीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement