गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट बाहिरिन सक्दैँन: एमाले


काठमाण्डु- नेकपा एमालेलेका सांसद देवेन्द्र दाहालले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्ना रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै अवैध सुन तस्करी गृहमन्त्रीको संलग्नताबिना हुन नसक्ने बताएका हुन् ।

गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको भनाइ छ । ‘यो गम्भिर विषय गृहमन्त्रीको संलग्नताबिना हुन सक्ला र ? नैतिकताको विषय होइन । उहाँले सुरक्षालाई व्यवस्थित गर्न सकिन भनेर राजीनामा दिनुपर्थ्यो । अब गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्छ ।’, उनले भने । उनले तस्करीलाई संरक्षण गर्ने सरकारले छानविन गर्न नसक्ने भन्दै उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका छन् ।

तत्कालै विमानस्थलमा सुरक्षामा खटिएका र भन्सार प्रमुखलाई निलम्बन गरेर छानबिन गरेको भए गृहमन्त्रीको संलग्नताबारे आशंका गर्नु नपर्ने थियो भन्दै दाहालले यसर्थ यस प्रकरणमा विश्वासिलो संसदीय वा न्यायिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement