एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिस्कार


काठमाण्डु- नेकपा एमालेले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठक नेकपा एमालेले बहिस्कार गरेको हो ।

एमालेका संसदले बहिस्कार गरेपछि बैठक अहिलेसम्म बस्न सकेको छैन । यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement