प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र: उद्धव थापालाई मुख्यमन्त्रीको मान्यता नदिन आग्रह


काठमाण्डु- नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई मान्यता नदिन माग राख्दै प्रदेश प्रमुख परशुराम खापुंग समक्ष ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एमालेले सभामुखले समेत विश्वासको मत दिएकाले उद्धव थापालाई मुख्यमन्त्रीको मान्यता नदिन माग गरेको हो । मुख्यमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावको सम्बन्धमा प्रदेश सभाको बैठकमा मत विभाजन हुँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएकाले संविधान विपरीत भएको एमालेको दावी छ ।

‘सभाको अध्यक्षता गरी रहेका इस्राईल मन्सुरीले आफ्नो कुर्सी बाट उठी मत विभाजनका लागि राखिएको कागजमा जबरजस्ती हस्ताक्षर गरी संविधान र कानुनको ठाडो उल्लङ्घन गरेको ब्यहोरा जानकारी गराउन चाहन्छौ ।’, एमालेले प्रदेश प्रमुखलाई लेखेको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । उनले मुख्यमन्त्री थापालाई विश्वासको मत पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement