नेम्वाङको अन्त्येष्टिपछि एमालेले भन्यो – समग्र राष्ट्रकै लागि अपुरणीय क्षति


काठमाण्डु – नेकपा एमालेले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट समग्र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको जनाएको छ ।

आज बिहीबार दिउँसो नेम्वाङको अन्त्येष्टिपछि प्रेस विज्ञप्ति जारी गर्दै एमालेले उपाध्यक्ष नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपुरणीय क्षति पुगेको जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा नेम्वाङको राजनीतिक जीवन र योगदानको स्मरण गरिएको छ ।

नेम्वाङको अन्त्येष्टिमा सरकारले राजकीय सम्मान प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement