काठमाण्डु- लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । आज बसेको बैठक एमाले सांसदहरुले नाराबाजी गर्दै एमाले रोस्टम घेराउ गरेर अवरुद्ध गरेका हुन् ।
सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने एमाले सांसदहरुले जनाएका छन् । भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् ।
प्रतिक्रिया