एमाले बागमती प्रदेश अधिवेशनमा पर्सि निर्वाचन हुने


काठमाण्डु – नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनमा नेतृत्व चयनका लागि पर्सि बिहीबार मतदान हुने भएको छ ।

सोमबार भृकुटीमण्डपमा उद्घाटन भएको अधिवेशनको मंगलबार बिहानदेखि कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र चलिरहेको छ ।

मंगलबार नै ६ वटा समूह बनाएर राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल भएको छ ।

समूहगत छलफलको निष्कर्ष सुनाउने काम मंगलबारदेखि बुधबार पनि जारी रहने निर्वाचक मण्डलका सदस्य शेरबहादुर तामाङले बताए ।

समूहगत छलफल सकिएपछि निर्वाचनको कार्यतालिका आउनेछ । बिहीबार बिहानदेखि मतदान गर्ने गरी चुनावी कार्यतालिका आउने तामाङले जानकारी दिए । निर्वाचनबाट २४० सदस्यीय प्रदेश कमिटी बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement