एमालेसंग गठबन्धन गर्दै बिपी कांग्रेस : बालकोटमा ओली र मल्लबीच छलफल


काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र नेपाली कांग्रेस (बिपी) बीच चुनावी तालमेल हुने भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच शुक्रबार सांझ बालकोटमा भएको छलफलमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहाकार्य गर्ने सहमति भएको हो ।

आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहकार्यका लागि दुवै पक्षले गृहकार्य गर्ने सहमति भएको मल्लका स्वकिय सचिव मानबहादुर विष्टले जानकारी दिए । दुवै नेताबीच करिव ३ घण्टा छलफल चलेको थियो ।

नेपाली कांग्रेस (बिपी) ले पछिल्लो समय देशभर संगठन विस्तार गरेको छ । यसका उपसभापति मल्ल डडेल्धुराबाट प्रदेश सभा सदस्य थिए । उनि हालका प्रधानमन्त्री शेरबहादुर देउवाको लामो समय स्वकिय सचिव थिए ।

मल्लको पार्टीले स्थानिय तहको निर्वाचनमा समेत डडेल्धुरामा एमालेसंग गठबन्धन गरेर चुनावमा भाग लिएको थियो । एमालेसंग बिपीसहित, लोसपा र राप्रपाले गठबन्धन गर्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement