एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेण्डा तय, के-के छन् ?


काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ । बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको हो ।

बैठकको पहिलो एजेण्डा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरुको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तरघातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेश गर्ने पनि एजेण्डा रहेको उनले बताए ।

पार्टीका ५२ हजार ५५० संगठित सदस्यहरुको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने, सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेश गर्ने, प्रवास कमिटीसम्बन्धी नियमावली बनाउने पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement