माओवादीमा परिवारवाद हावि भएको भन्दै चौताराका पूर्व मेयर एमाले प्रवेश गर्दै


काठमाण्डु – माओवादी केन्द्रका प्रभावशाली नेता अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा निर्वाचित भएका तामाङ एमाले प्रवेश गर्न लागेका हुन् ।

सिन्धुपाल्चोक पार्टीमा परिवारवाद हावि भएको, पार्टीले मुल्यांकन नगरेको भन्दै उनी एमाले प्रवेश गर्न लागेको हो । स्थानीय तहको निर्वाचनमा मेयरका आकांक्षी रहेका तामाङले आफु एमालेमा प्रवेश गर्न लागेको बताए । उनले आफुलाई पार्टीमा सांगठनिक जिम्मेवारी समेत नदिएको गुनासो गरे ।

तामाङलाई एमाले अध्यक्ष ओलीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गराउने तयारी छ । सभामुख अग्नि सापकोटका भाई कृष्णप्रसाद सापकोटाले मेयरको टिकट पाएपछि उनि असन्तुष्ट बनेका थिए ।

तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपनि पछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको आग्रहपछी फिर्ता लिएका थिए । उनि यसअघि मेयर बन्नुभन्दा पहिला पनि प्रदेशसभा सदस्यको दावेदार थिए । तर, सापकोटका भान्जा युवराज दुलालले टिकट पाएपछि उनलाई मेयरमा व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement