माओवादी केन्द्र र एमालेबीच सैद्धान्तिक विवाद टुंगियो


काठमाडौं– माओवादी केन्द्र र एमालेबीच एकताको टुंगो लागेको छ । दुवै पार्टीबीच नयां बन्ने पार्टीको मार्गदर्शक सिद्धान्तमा विवाद हुंदा पार्टी एकता रोक्किएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच आईतबार एक्ला एक्लै भेटवार्ता भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई दुवै पार्टीको बीचमा देखिएको सैद्धान्तिक पक्ष हल भएको बताएका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्माले दुवै पार्टीको बीचमा देखिएको सैद्धान्तिक विवाद हल भएको बताए । उनकाअनुसार अव दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा जान्छन् र महाधिवेशनबाट हल हुन्छन ।

यस अघि एमाले पुर्व सहमतीविपरीत जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउनुपर्ने अडान लिएपछि विवाद भएको थियो । माओवादीले भने माओवाद र २१ औं शताब्दीको जनवादलाई महाधिवेशनमा लग्नुपर्ने धारणा राख्दै आएको थियो ।
दुवै पार्टीका नेताबीच सरकार र पार्टी अध्यक्ष आलै पालो चलाउनेलगायतको सहमती भएपनि सैद्धान्तिक विषयमा भने कुरा मिल्न सकेको थिएन् ।

एकीकृत पार्टीमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड को समान हैसियतमा रहनेछन् । दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने सहमति यसअघि नै भइसकेको छ । दुवै दलका नेताबीच कुरा नमिल्दा सरकार गठनमा अवरोध भएको थियो । आज बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट सैद्धान्तिक विषयमा सहमति जुटाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement