एमाले सचिवालय बैठक आज बस्दै, नेताहरूको कार्यविभाजन गरिने

एमाले सचिवालय बैठक आज बस्दै, नेताहरूको कार्यविभाजन गरिने

केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्नेछ ।

यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै सोमबारलाई सारिएको हो । ११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले बैठकको मुख्य एजेण्डा यसमै केन्द्रित रहनेछ ।

यस्तै बैठकले केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी गरेकोछ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।

बैठकले फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मितिसमेत तोक्ने जनाइएको छ ।

यस्तै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।