एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


काठमाण्डु –  प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै बुधबारकाे प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको हाे । सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै एमाले प्रमुख सचेतक पदम गिरीले अवैधरुपमा सुन आयात हुँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मूकदर्शक भएको भन्दै सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

उनले भने,’तस्करहरूको लागि नेपाल लुटको स्वर्ग भइरहेको छ। आज जे हामी सुनिरहेका छौं त्यो सामान्य विषय होइन।’ उनले यसअघि २०७४ माघको ९ गते ३३ किलो सुन नेपालमा भित्रिएको भन्दै त्यसको खोजि नभएको भन्दै आपत्ती जनाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो बढि परिमाणको सुन राजस्व अनुसन्धान विभागले गत बुधबार सिनामंगलबाट बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement