एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


काठमाण्डु – प्रतिनिधिसभाकाे बैठक एक साताका लागि स्थगित गरिएको छ । १ सय किलाे सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

सोमबार बसेको बैठकमा पनि एमाले सांसदको नाराबाजी भएपछि सभामुख देवराज घिमिरेले एक साताका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबारको बैठकको कार्यसूचीमा रहेका सबै विषय हटाएको जानकारी दिँदै सभामुख घिमिरेले आउँदो ३ भदौ आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।

एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement