आणविक भट्टी निरीक्षणमा खटिएकी राष्ट्रसंघकी कर्मचारीलाई इरानी गार्डले गरे यौन दुर्व्यवहार


एजेन्सी – इरानका सुरक्षा गार्डले राष्ट्रसंघका हतियार निरीक्षण टोलीकी महिलामाथि दुर्व्यहार गरेका छन् । गार्डले महिला निरीक्षकको संवदेशील स्थानमा हात लैजाने र आणविक भट्टीभित्र लुगा खोल्नसमेत लगाएका छन् ।

इरानको नतान्ज आणविक भट्टीमा सुरक्षा गार्डले महिला निरीक्षकलाई चार पटक दुर्व्यहार गरेका हुन् । राष्ट्रसंघले महिला निरीक्षकमाथि भइरहेका दुर्व्यहार रोक्न र दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

राष्ट्रसंघको आणविक निगरानी निकाय आइएइएले त्यस्ता घटना राष्ट्रसंघका लागि अमान्य हुने जनाएको छ ।

‘पछिल्ला महिनामा इरानको एक आणविक भट्टी निरीक्षणका क्रममा हाम्रा एक महिला कर्मचारीमाथि दुर्व्यवहार भएको छ । दोषिमाथि कडा कारबाही गर्न राष्ट्रसंघ माग गर्छ,’ आईएइएद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इरानका आणविक गतिविधिबारे आइएइएले बारम्बार निगरानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement