युएन र शान्ति सेनाको उच्च तहमा नेपालको पनि सहभागीता हुनुपर्छ :परराष्ट्रमन्त्री खड्का


काठमाण्डु – परराष्ट्रमन्त्री नारायण खड्काले बितेका ६३ वर्षमा नेपालले शान्ति सेनामार्फत् शान्ति, सुरक्षा र स्थायित्वमा योगदान गर्दै आएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल सबैभन्दा धेरै फौंज योगदान गर्ने मुलुकको सूचीमा अगाडी रहेको उल्लेख गर्दै युएन मुख्यालय र फिल्डमा उच्च तहको पोजिशन नेपालले पाउनुपर्ने दावी समेत गरेका छन् ।

उनले अफगानिस्तानमा तालिवानको आगमनलाई आन्तरिक विषय भएको बताएका छन् । तालिबानले अफगानिस्तान कब्जा गरेपछी नेपालले आफ्नो पहिलो धारणा सार्वजनिक गरेको हो । नेपाल सार्कको अध्यक्ष राष्ट्र समेत हो ।

सम्बोधनका क्रममा उनले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका विविध विषयमा प्रकाश पारेका थिए । सरकारले खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको भन्दै आगामी ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने जानकारी समेत मन्त्री खड्काले दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement