राष्ट्रसंघमा युक्रेनको पक्षमा उभियो नेपाल


काठमाण्डु – नेपाल युक्रेनको पक्षमा उभिएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । त्यसमा नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको हो ।

बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए।

उक्त प्रस्तावमा भनिएको छ,‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ। साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन।’

प्रतिक्रिया दिनुहोस
Advertisement