सुन तस्करीकाण्डमा मारिएका सनम शाक्यकी मोडल ‘गर्लफ्रेण्ड’को अनौठो बयान (बयानको पूर्ण पाठसहित)


काठमाडौं– ९ माघमा थाइ एरवेजबाट साढे ३३ किलो तस्करीको सुन काठमाडौं आइपुग्छ । उक्त सुन तस्करहरुको गिरोहका मुख्य मान्छेहरु कहाँ पु¥याउने क्रममा बाटैमा लुटिन्छ । गुपचुप रुपमा काठमाडौं आइपुगेको सुन अनामनगरबाट लुटिएपछि यो घटनाले नाटकीय मोड लिन्छ ।

त्यसपछि सुरु हुन्छ भरियामाथि तस्करहरको टर्चर । त्यही क्रममा सुन तस्करीका भरिया मोरङ उर्लाबारीका सनम शाक्यको हत्या हुन्छ १८ फागुनमा । त्यसमाथि अनुसन्धान बल्ल खुल्छ सुन तस्करीको रहस्य । सनम हत्यासँगै एकपछि अर्को सुन तस्करीको अनौठो लहरोको पर्दाफास हुन्छ ।

फिल्मी शैलीको यही सुनकाण्डसँग जोडिएर यतिबेला एउटा रहस्मय युवती पनि चर्चामा छिन् । ती पात्र हुन्, सुन तस्करहरुको गिरोहले यातना दिएर मारेका भरिया सनमकी मोडल गर्लफ्रेण्ड निशा सेन ठकुरी ।

निशाले सनमलाई पहिलो पटक गत साउनमा दरबारमार्गको आइक्बलमा भेटेकी थिइन । त्यही क्रममा सनमले निशाको फोन नम्बर मागेका थिए । त्यसपछि सनम र निशाबीच म्यासेज ओहोर दोहोर हुन थाल्यो । रोचक त के भने निशा सनमसँग यति निकट भइनकी उनी सनमको डेरा र उनीसँगै घुम्नका लागि धरान पुगेको बयान दिएकी छिन् ।

सनमसँग जोडिएपछि सुन तस्करीका अन्य विभिन्न ब्यक्तिहरुसँग पनि उनको परिचय हुन्छ । सनमकी मोडल प्रेमिका निशाले सुन काण्डमा मुछिएका सई बालकृष्ण सन्जेलसँग पनि परिचय भएको उल्लेख गरेकी छिन् । तीन जनाको रहस्मय मृत्यु समेत भइसकेको यो सुन तस्करीकाण्डमा ६३ जना विरुद्ध मोरङ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ ।

अहिलेसम्मकै ठूलो संगठित जालोको लहरो तानिएको मानिएको यो केसमा सनमकी रहस्यमय गर्लफ्रेण्डको बयानले सबैलाई चकित बनाइदिएको छ । कुनै फिल्मको पटकथाजस्तो लाग्ने उनको बयानमा उनले सनमको मृत्युपछि आफूले उनकी छोरी पढाइदिन्छु भनेर सनमकी श्रीमतीलाई फोन गरेको समेत उल्लेख गरेकी छिन् ।

उनको बयानबाट अझ रोचक तथ्य त के खुलेको छ भने उनले समनबाट सुन लुट्ने योजना बनाउने तीन जना ब्यक्तिको नाम समेत उल्लेख गरेकी छिन् । ‘रमेश श्रेष्ठलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा थाहा थियो, रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन्,’ उनले बयानमा भनेकी छिन्, ‘उनीहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसँग मेरो दरबारमार्गमा बालकृष्ण संन्जेलसँग भेट भयो, भेट भई कुरा हुँदा संन्जेल ईकाउन्टर ईस्पेसलिस्ट हो भनि मलाई रोशन श्रेष्ठले दरबार मार्गमा भएको बेक्स ऐन्ड केक्स पसलमा चिनजान गरायो ।

उनीहरुको प्लान सफल हुनुभन्दा अगाडी संन्जेलले यो कुराहरु गोरेसँग पु¥याएको थियो । कुरासँगै मेरो केही तस्विरहरुपनि संन्जेल मार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणी उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए ।’ यससँगै तस्करीको सुन कताग यो भने रहस्यकाबीच रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामाको नाम आएको छ । तर, यसतर्फ अझै अनुसन्धान अगाडि बढेको छैन् ।

सनम सुन तस्करीका नाइके गोरेसँग काम गर्ने गरेको र सनमसँगको आफ्नो रिलेसनका विषयमा गोरेले थाहा पाएपछि तेरी प्रेमिका सिद्धयाइदिउ भनेर गोरेले भनेको कुरा सनमले आफूलाई सुनाएको पनि निशाले उल्लेख गरेकी छिन् ।

निशाको पूर्ण बयान

निशा सेन ठकुरीको घटना विवरण कागजः–
मेरो २०७४ साल साउन महिना २८ गते पहीलो पटक दर्बारमार्ग स्थित आईक्लवमा म मोडलीङ गर्न गएको समयमा निज सनम शाक्यसंग चिनजान भयो । निजसंग चिनजान हुदाँ निज सनम शाक्यका साथी मोहन लगाएत ४/५ जना थियो । सो दिन सनम शाक्यले मेरो फोन नम्बर मागेर लगेका थियो ।

त्यस समयपछी निज र मेरो फोन तथा म्यासेजमामा कुरा हुन थाल्यो । हामि नजिक हुदै गयौ, निजसंग नजिक भएकोले मैले तपाईको घर कहाँ हो भनि सोध्दा मोरङको उर्लाबारी हो हाल काठमाण्डौको हाडीगाउँमा डोरा गरी वस्छु भन्नु हुन्थ्यो । म निजले मेरो कोठा जाउँ भनेकोले म हाडीगाँउ पनि गएको थिए, सनम साथीहरुसंग वस्ता रहेछन ।

कोठा भने थाहा पाएकी हुँ पछी त्यो कोठा भाडामा किन कस्ले लिएका रहैछन भनि बुभ्दा गोरे भन्ने चुडामणी उप्रेतीले निजसंग काम गर्ने मानिहहरुलाई राख्नको लागी उक्त घरको कोठा भाडामा लिएका रहेछन, म सो कोठामा जाँदा कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, भविन राई, रुस्तम मिया समेतलाई देखेकी हुँ ।

निज सनमसंग घुम्न जाने क्रममा दशैको २ दिन अगाडी म, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र कृष्ण वस्नेत गई २ दिन जति धरानमा वस्यौ, घुम्ने क्रममा म सनमको गाउँ उर्लाबारी सम्म गए तर सनमको घरमा गईन दशैको टिकाको दिन मेरो आमाको जन्मदिन भएकोले म प्लेन बाट काठमान्डौ आए । काठमान्डौमा आएपछी ठमेलको होटल बडीमा आमाको जन्मदिन मनायौं त्यो पार्टीमा मेरो साथीहरु रोशन श्रेष्ठ, आकाश लामा दिदिको साथी रमेश श्रेष्ठ लगाएत अफिस ईस्टाफ तथा आमाका साथीहरु समेत थिए ।

त्यसपछी पार्टी सकेपछी हामीहरु सबैजना ठमेलको फेसेस लन्ज एण्ड बार (क्लब) मा गई जुस खाएर वसीरहेको समयमा मेरो मोबाईलमा सनम ले भिडीयो कल गरेकोले म साथीहरुबाट छुटेर तल झरेर सनमसंग कुरा गर्न थाले, म सनमसंग कुरा गर्ने क्रममा निकै बेर सम्म सनमसंग कुरा गरे, सो क्रममा पार्टीमा निम्त्याईएका साथीहरु मध्ये रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा बिचमा छुटै कुराकानि भएको रहेछ, मेरो फोनको वाल पेपरमा मेरो र सनमको फोटो देखेपछी रमेश श्रेष्ठले यो मान्छेलाई चिन्छु भनेर भनेका थिए अनि मैले कसरी सनम लाई चिन्नु भयो भनि सोध्दा रमेशले म आफै पनि सनमहरुसंग काम गरेको तर अहीले छाडेको कुरा भनेका हुन ।

रमेशले मलाई सनमको बारेमा धेरै थाहा नभएका कुराहरु भन्यो सनमको दाई र सनमको दाई भनिएको गोरे भन्ने चुडामणी उप्रेतीको कामा अरु केही काम नभई सुन तस्करीको काम हो भनि मैले रमेशले भनेकोले थाहा पाएकी हुँ । त्यसपछी मैले सनमलाई मन चोर्ने उदेश्यले सोध्दा निज सनमले हो म सुन तस्करीको कारोबार गर्छु भनेको थियो। सनम ले तलाई कसरी थाहा भयो भनि मलाई सोध्दा मैले रमेशले भनेको भनेकी हुं ।

निजले को रमेश भन्दा मैले मेरो मोबाईलमा भएको फोटो देखाउँदा निजले यो टेकराज मल्लको सालो हो भनेका हुन, फेसेज लन्चमा ति तिन जनाको बिचमा कुरा भएको समयसम्म म अन्जानमा थिए, रमेश श्रेष्ठलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा थाहा थियो, रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन, उनिहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसंग मेरो दरबारमार्गमा मेरो बालकृष्ण संन्जेलसंग भेट भयो, भेट भई कुरा हुँदा संन्जेल ईकाउन्टर ईस्पेसलिस्ट हो भनि मलाई रोशन श्रेष्ठले दरबार मार्गमा भएको बेक्स ऐन्ड केक्स पसलमा चिनजान गरायो ।

उनिहरुको प्लान सफल हुनुभन्दा अगाडी संन्जेलले यो कुराहरु गोरे संग पु¥याएको थियो । कुरासंगै मेरो केही तस्विरहरुपनि संन्जेल मार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणी उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए । त्यसपछी गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाई दिउँ भनेर भनेको कुरा सनमले मलाई भनेको थियो ।

त्यसपछी सनमले मलाई अलि होस गरेर हिड्नु भनेका थिए, सो घटनापछी हाडीगाँउ स्थित सनम र अन्य साथिहरु वस्ने घरबाट सबै सामानहरु निकाली गोरे समेतले सो घर छाडेका थिए, सनम र म समेत दशैमा धरान घुम्न गएको समय देखीनै सनम काठमाडौं आएका थिएनन् । प्रायः म नै निजलाई भेटन प्लेनबाटै बिराटनगर भेटन जाने गर्दथे, सनम पुर्व रहेको बेला मैले उसलाई यो काम नगर्नु भनि सम्झाउँने गरेको थिएँ, तर निजले मलाई यो काम छाड्न केही समय लाग्छ तत्काल छाडन मिल्दैन भन्ने गरेका थिए ।

निजले उसको दाई भनिएका गोरे भन्ने चुडामणी उप्रेतीकै कुरा मान्ने गरेका थिए, मैले भनेको नमानेको ले मेरो र सनमको बिबाद पनि भएको थियो फेरी केही समय पछी सनम बिबाहीत हो भनि मैले थाहा पाएपछी मैले सनमसंग कुनै सम्पर्क गरेको थिइन निजलेनै मलाई सम्पर्क गर्न खोज्थ्यो तर मैले निजको फोन पनि उठाउँदिन थिए तर पछी मेरो र सनम को what’s apps मा निज र मेरो कुरा भयो त्यसको केही समयपछी सनम भारतबाट दुवाई गएको कुरा मलाई सनमले भनेका थिए ।

त्यस पछि सनम क्रिस्मस को दिन डिसेम्बर २५ तारीक नेपाल आएका थिए, त्यो दिन मलाई भविन राई लिन आएकोले म र भविन सनमलाई लिन एयरपोर्ट गएका थियौँ, सो दिन हामी बिच भेटघाट भई कुराकानी पश्चात सनम भोलिपल्ट बिराटनगर प्लेनमा गएका थिए, निज सनम बिराटनगर गएको भएता पनि सनमसंग मेरो कुराकानि भईरहन थाल्यो, यस्तैमा सनम जनवारी २३, २०१८ मा बुद्धएयरबाट बेलुकी ५ः३५ मा टिकट नं.७०५०३९४ बाट काठमान्डौ आएको थियो म निजलाई लिन एयरपोटमा गएकी थिए, त्यसपछी हामी बागबजार आई होटलमा वस्यौ, त्यो पटक सनम काठमाडौं आएको कुरा कसैलाई थाहा थिएन, सोही राती अं.१०/११ वजेको बिचमा सनमको मोबाइलमा फोन आएको थियो, त्यो मानिसले सामान लुटीयो भनी गोरे भन्ने चुडामणी उप्रेतीले भनेका थिए त्यसपछी सनमलाई मोहनले फोन गरेकोले सनमले म काठमाडौंमा छु भनेका थिए त्यसपछी मोहनलाई मात्र सनम काठमान्डौ आएको कुरा सो समयमा थाहा भएको थियो सो को भोलीपल्ट बिहान म कलेज गयँ सनम मोहनलाई भोटन गएका थिए ।

सो दिन हाम्रो बेलुकी मलाई लिन भविन गाडी लिएर आएको थियो सो राती सनम र सनमका साथीहरु मोहन, भविन, टेकराज मल्ल, लगायतका तिलगंगा नजिक सुनौलो ईन होटलमा बसेको भएता पनि सनम बाहीरको खाना नखाने भएकोले म निजलाई खाना लिएर गएको समयमा उल्लेखीत साथीहरु थिए म पनि सनम संगै सो दिन सो होटलमा पनि बसे, त्यसको २ दिन पछी गोरे भारतबाट नेपाल आएका छन् भनि मलाई सनमले भनेका थिए गोरे नेपाल आएपछी सोही होटलमा गोरे पनि बसी सो होटलमा उस्को अन्डरमा काम गर्ने कामदारहरुलाई गोरेले सुन लुटीएको बिषयमा सोधपुछ गर्दै सुन लुटीने दिन भएका निजका कामदारहरुलाई कुटपीट गरेको कुरा सनमले मलाई भनेका थिए, सोधपुछकै क्रममा गोरेको डरले एकजना एयरपोर्टमा सानु वन भन्ने ब्यक्तिले सुसाईड समेत गरेका थिए, त्यसपछी सनम समेत फ्रेबअरी ३ तारीकमा गाडीमा पुर्ब गएका थिए, निज पुर्ब जानु भन्दा अगाडी मैले मेरो नामबाट निजलाई र मलाई सिम निकाली निज लाई ९८०८०९४८३९ को दिई मैले ८९०८०९४८७९ न.को सिम चलाएकी थिए ।

निज पुर्ब गएपछी निज र मेरो फोन पातलो हुन थाल्यो । निजसंग सम्पर्क हुँदा म गोरे दाई संगै छु भन्यो, फोन अलि पातलो हुन थालेको थियो यस्तैमा फेबुअरी २८ तारीकमा बिहान ७.०० वजेर १ मिनेटमा मलाई कल नगरहै म अब दाईसंग हुन्छु १ महिना लागेपनि आफैकल गर्छु ।

बोल्दा पनि नर्मल तरीकाले बोल्नु है ल मैले कल नगरुन्जेल जति लागेपनी कल चाँही नगर है ल बुडी रीसाईस होला तर अहीलेकल चाँही नगर्नु ल भनि उल्लेखीत नम्बरमा म्यासेज गरेपछी मैले पनि कल गरीन मार्च १ तारीक होलीको दिन मैले हेप्पी होली भनि म्यासेज पठाउनुको साथै मार्च २ मा फोन गर्दा फोन लागेको थियो तर कुरा भएन फोन उठेन त्यपछी फोन अफ भयो ।

त्यसको भोली पल्ट मार्च ३ तारीकमा मिति २०७४।१०।१९ गते अं.८.०० वजे प्रहरी आई मेरो लाजिम्पाट स्थित कोठामा खान तलासी लिए ३३ के.जी. सुन कहाँ छ भनि सोधपुछ गरे केही फेला नपरेपछी अपराध सोधपुछको लागी अपराध महाशाखा लगी मलाई सोधपुछ गर्ने क्रममा सनमको हत्या भईसकेको भन्ने कुरा मैले प्रहरी बाटै थाहा पाएकी हुँ ।

म प्रहरीमा गई सकेपछी मलाई बालकृष्ण संन्जेल सरले फोन गरी यो केसको ईन्चाज हामी हो टेन्सन नलिनु भन्नु भएको थियो । त्यसको १ हप्ता पछाडी निज संन्जेल सर र म दरवारमार्गमा भेट भएको थियो, सनमको मृत्यु भई सकेको कुरा थाहा पाएपछी मैले सनमको श्रीमतीलाई फोन गरी सनमको छोरी दिप्शालाई पढाई दिन्छु भनेकी थिए भन्ने समेत व्यहोराको निशा सेन ठकुरीले लेखाई दिएको घटना विवरण कागज ।

प्रतिक्रिया दिनुहोस
Advertisement