संयुक्त राष्ट्र संघकी उप–महासचिव अमिना जे नेपाल आउँदै


काठमाडौं – संयुक्त राष्ट्र संघकी उप–महासचिव अमिना जे मोहम्मद उच्च तहको छलफल तथा शिक्षाका लागि विश्व अभियान सम्मेलनमा भाग लिन कार्तिक २९ गते नेपाल आउन लागेकी छन् ।

२४ घण्टे नेपाल बसाइँको क्रममा उनले काठमाडौंमा आयोजना हुने विभिन्न उच्च तहको छलफलमा सहभागिता जनाउने छिन् । उनको भ्रमणको कार्यतालिकालाई संयुक्त राष्ट्र संघको नेपाल स्थित कार्यालयले गोप्य नै राखेको छ । उनी कार्तिक ३० गते फर्किने छिन् ।

अमिना नाइजेरियाकी पूर्व वातावरण मन्त्रीसमेत हुन् । उनले २०१५ मा विकास योजनाका लागि पूर्व महासचिव बान-की-मुनको विशेष सल्लाहकारको रुपमा समेत काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement