सिरियाका लाखौं नागरिकलाई मानवीय सहयता आवश्यकः राष्ट्रसंघ


एजेन्सी – संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको बताएको छ । ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामाग्रीहरुको अभाव भएको हो ।

यसबारे युक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको छ ।

ती नागिरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ । त्यसैले उनीहरु खाना र बासकै समस्यामा परेका छन् । ती क्षेत्र बढी मात्रामा द्धन्द्धग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पु¥याउन सकिरहेको छैन ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ । यो महामारीबाट बच्ने उपाहरुका बारेमा यहाँका अधिकारीहरुले परामर्श पनि दिन नसकेका र सहायता पु¥याउन नसकेका बताइएको छ ।

सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याएका छन् । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ । यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन् ।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । यहाँका लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन् । साथै ४ लाख भन्दा पनि बढी नागरिकले ज्यान गुमाउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement