नेपाल विश्वविद्यालयले गर्याे विभिन्न पदहरूमा दरखास्त आह्वान

नेपाल विश्वविद्यालयले गर्याे विभिन्न पदहरूमा दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक दुवै क्षेत्रका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले प्रकाशित गरेको सूचना अनुसार प्राध्यापकदेखि लिएर सह प्राध्यापक, सहायक प्राध्यापक तथा विभिन्न प्रशासनिक तथा प्राविधिक पदहरूमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिनेछ ।

विश्वविद्यालयले र प्रशासन प्राविधिक दुवै समूहमा पदहरू समेट्दै ठूलो संख्यामा रिक्त पदहरूका लागि आवेदन माग गरेको हो । शैक्षिक तर्फ अंग्रेजी साहित्य, मानविकी, क्वान्टिटेटिभ फाइनान्स, इन्टिग्रेटेड साइन्स, सार्वजनिक नीति, कम्प्युटर साइन्स, इन्फर्मेशन टेक्नोलोजी, अर्थशास्त्र तथा प्राकृतिकरसामाजिक विज्ञान विषयका लागि प्राध्यापक तथा सहायक प्राध्यापकहरू आवश्यक रहेको सूचनामा उल्लेख छ ।

त्यस्तै प्रशासनिक तथा व्यवस्थापन सेवातर्फ निर्देशक, उपनिर्देशक, कार्यकारी सचिव, आईटी उपनिर्देशक, खरिद तथा सञ्चालन सहायक निर्देशक, सचिव, पुस्तकालयाध्यक्ष, आईटी सहायक र परीक्षा सहायक जस्ता पदहरूमा पनि दरखास्त आह्वान गरिएको छ ।

विश्वविद्यालयले आवेदन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गर्ने जनाएको छ । इच्छुक उम्मेदवारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट हेर्न सक्नेछन्।

सूचनाअनुसार दरखास्त बुझाउने अन्तिम मिति सूचना प्रकाशित भएको १५ दिनभित्र रहेको छ । तोकिएको समयसीमाभित्र आवेदन नपुगेमा प्रक्रिया अघि नबढाइने पनि विश्वविद्यालयले जनाएको छ ।

यस खुला विज्ञापनलाई विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधार र प्रशासनिक संरचना सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।