काठमाण्डु – नेपालका ८ विश्वविद्यालयहरूमा उपकूलपति बन्न २१८ जनाले आवेदन पेश गरेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्र्दै २१८ जनाको आवेदन प्राप्त भएको जनाएको छ ।
जसमध्ये त्रिभुवन विश्वविद्यालयमा ५० जना, पूर्वाञ्चल विश्वविद्यालयमा ३८ जना, पोखरा विश्वविद्यालयमा ३८ जना, सुदूरपश्चिम विश्वविद्यालयमा १९ जना, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा २० जना, लुम्बिनी बौद्ध विश्वविद्यालयमा १९ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ जना र राजर्षि जनक विश्वविद्यालयमा २७ जनाले आवेदन दिएका छन् ।





प्रतिक्रिया