नेपालको सिमानासम्म रेल र बस संचालन गर्ने उत्तर प्रदेशको तयारी


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रणासँगको भेटमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशले नेपाल भारतको सिमा नाकासम्म रेल र बस सेवा संचालनको तयारी गरेको जानकारी गराएका छन् ।

अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले उत्तर प्रदेशसँग जोडिएका मुख्य नाकाहरुमा देखिएका समस्याका बारेमा समेत छलफल गरेको छ । कम्तिमा सिमा नाकासम्म रेल र बस सेवा संचालनले दुई देशका नागरिक आवतजावतमा सहयोग पुग्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। महासंघकी अध्यक्ष राणाले नेपालले पर्यटन भ्रमण वर्ष २०२० मनाउन थालेको जानकारी गराउदै नेपालका पर्यटकीय क्षेत्रको विषयमा जानकारी गराएकी थिइन्।

अध्यक्ष राणाले मानसरोबर जानका लागि नेपालगञ्जमा गेट वे बनाउने, हर्वल प्रडक्ट,एग्रिकल्चर, लुम्बिनी र बोदगयालाई बुद्धिष्ट सर्किटको रुपमा विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी गराईन्। यसैबीच मुख्य मन्त्री आदित्यनाथले नेपालमा धार्मिक पर्यटन,हर्वल प्रडक्ट,एग्रिकल्चरमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

महासंघको प्रतिनिधि मण्डलसँग युपीका मुख्यमन्त्री आदित्यनाथले नेपालगञ्ज नाकाको प्रत्यक्ष अनुगमन गर्ने प्रतिबद्धता गरेका छन् । भारतको लखनऊ पुगेको नेपाली प्रतिनिधिमण्डललाई मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्नुका साथै दुवैतर्फबाट मायाको चिनो आदान प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement