उपराष्ट्रपति यूएनको विशेष समारोहमा सहभागी


भियना – अष्ट्रिया भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका छन् ।

उनीहरु स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा सहभागी भएका हुन् । भियतना अन्तर्राष्ट्रिय केन्द्र संयुक्त राष्ट्रसंघको तेस्रो ठूलो कार्यालय हो । सो केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटे«सले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ् भएर लागेको बताए ।

उनले विश्वको शान्तिका लागि भईरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउदै लैजाने बताए ।

उपराष्ट्रपति पुन र वनमन्त्री बस्नेतलगाएत अष्ट्रियाका चान्सलरले सोमबार राति आयोजना गरेको रात्री भोजमा पनि सहभागी भएका थिए ।

उपराष्ट्रपति पुनले आज (मंगलबार) आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ेनछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement