उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने, संसद बैठकमा उपस्थित हुन सांसदलाई निर्देशन


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । भोलि हुने उपसभामुख चयनका लागि एमालेलेअ पनि उम्मेदवारी दिने तयारी गरेको हो ।

उम्मेदवार कसलाइ बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ,’ उनले भने ।

साथै एमालेले शुक्रबार हुने उपसभामुखको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका सवै सांसदहरुलाई शुक्रबारको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे संसद बैठक बोलाइएको छ । सौ बैठकमा निर्वाचन हुनेछ । त्यसका लागि आज (बिहीबार) बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने तयारी छ । तत्कालिन उपसभामुख शिवमाया तुम्वामहाम्फेले २०७६ सालमा राजीनामा दिएपछि उक्त पद हालसम्म रिक्त छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement