बाबुराम भट्टराई समाजवादी मोर्चामा छुटेर ठिकै भयो: उपेन्द्र यादव


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई समाजवादी मोर्चामा छुटेर सामेल नगराएर राम्रो भएको बताएका छन् ।

चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाबुरामको एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका हुन् । त्यस्तै यादवले उनले मोर्चालाई दिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो खुला रहेको बताएका छन् ।

‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो। बाबुरामलाई हामीले समातेको पनि छैन। छाडेको पनि होइन। उहाँ मोर्चामा आएको कहिलेपनि देख्दिनँ। यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै आएको हो। उहाँको संलग्नता कहिलेपनि देखेको होइन। न हामीले समातेको हो न छाडको हो। छुट्नुभयो भने उहाँलाई थाहा होला।’, उनले भने ।

मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने उनकाे भनाइ छ । ।  ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’, यादवले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement