चुनावसँगै एमालेसँगको सहकार्य पनि सकियोः उपेन्द्र यादव


काठमाण्डु- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल निर्वाचनसम्म मात्र रहेको बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष यादवले निर्वाचन सकिएसँगै एमालेसँगको तालमेल सकिएको बताएका हुन्।

उनले नेकपा एमालेसँग निर्वाचन जित्नका लागि मात्र तालमेल गरिएको दावी गरे । ‘एमालेसँग निर्वाचन नतिजासम्म मात्र हाम्रो समीकरण भएको हो। निर्वाचन सकियो अब सबै सकियो। प्रतिस्पर्धामा एकले अर्कालाई जिताउन मात्र एक भएका थियौँ।’, उनले भने ।

अध्यक्ष यादवले अहिले नै आगामी सरकारमा जसपा सहभागी हुने की नहुने प्रस्ट भइनसकेको बताएका छन् । ‘अहिले प्रतिपक्षमा बस्नुपर्ने जनमत रहेको छ। हामी के गर्ने विषयमा छलफलमा रहने छौँ। अहिले हतारमा निर्णय गर्दैनौँ। सात प्रदेशको सरकारमा के गर्ने भन्ने विषयको निर्णय गरेपछि अघि बढ्ने छौँ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement