एनआरएनए संस्थापक महतो सिआईबी नियन्त्रणमा

एनआरएनए संस्थापक महतो सिआईबी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक उपेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


महतोलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको हो ।

सिआईबी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले महतोलाई सोधपुछका लागि बोलाइएको बताए ।

एनसेल र स्मार्ट सेल प्रकरणबारे केही विषयमा बुझ्नुपर्ने भएकाले महतोलाई बोलाइएको दाबी उनले गरे ।

अनुमति रद्ध भएपद्धि स्वतः सरकारी स्वामित्व स्थापित हुने कानूनी प्रावधान कुल्चिएर स्मार्ट टेलिकमको सम्पत्ति एनसेलले लिलामीमा खरिद प्रकरणबारे सिआईबीले छानबिन गर्दै आएको छ ।