बाम गठवन्धनको बैठक चलिरहदा उपेन्द्र यादव वालुवाटारमा


काठमाडौं– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । पार्टी एकताको अन्तिम टुंगो लगाउन एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठक चलिरहेको बेला यादव बैठकस्थलमा प्रवेश गरेका हुन।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार नेता यादव एमाले नेता अग्नि खरेलसंग बालुवाटार पुगेका हुन । मन्त्रालय भागवण्डाको टुंगो लगाउन यादव बालुवाटर पुगेको स्रोतको दाबी छ । यादवलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय दिएर सरकारमा सहभागी गराउने बाम गठवन्धनको तयारी छ ।

फोरमलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक यादवसंग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement