४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशीको ४० प्रतिशत काम सम्पन्न


सिन्धुपाल्चोक– ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको छ । प्राकृतिक प्रकोपको मारमा परेर पांच वर्षदेखी वन्द रहेको उक्त आयोजना निजी क्षेत्रले निर्माण गरेको थियो ।

उक्त आयोजनाको उत्पादन विगत पांच वर्षदेखी बन्द रहेको थियो । उक्त आयोजना २०७१ साउन १७ गतेको जुरे पहिराले प्रशारण लाइनको टावरमा क्षति पु¥याएपछि चार महीना उत्पादन वन्द भएको थियो ।

मर्मत पछि संचालनमा आए लगत्तै विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुनःक्षति पु¥याएकामा मर्मत भइरहंदा पुनः विसं २०७३ असार २१ गते आएको भोटेकोशीको बाढीले तहसनहस पारेको थियो । गत वर्षदेखि सो आयोजनाको पुनःनिर्माण भइरहेको छ ।

चीनको सिनो हाइड्रो ब्यूरो ११ ले सात अर्बमा ठेक्का सम्झौता गरेको सो आयोजना आगामी २०१९ को अन्त्यसम्म सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिनुभयो ।

बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गत तातोपानीको १० किलोमा बाँधरे ३.५ किमी सुरुङद्वारा फुल्पीङकट्टी झिुर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएकामा भूकम्प र बाढीले सुरुङमार्ग र विद्युत्गृहबाहेक बाँध स्थल, पनेस्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र तथा सम्पूर्ण उपकरणमा क्षति पु¥याएको आयोजनाले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement