कसरी हुन्छ युरिक एसिड ? यस्ता छन् बच्ने उपायहरु

काठमाडौं – युरिक एसिड हाम्रो शरीरमा नभई नहुने महत्वपूर्ण तत्व हो । यसले शरीरमा अक्सिजन विरोधीको रुपमा काम गरिरहेको हुन्छ। यसको मात्रा शरीरमा धेरै भए पनि कम भएपनी समस्या निम्ताउँछ। युरिक एसिड धेरै भयो र कुनै प्रकारको लक्षण देखिएन भने त्यसलाई हाईपरयुरेसेमिया भनिन्छ।

खुट्टाको बुढी औठा र त्यसको आसपासको जोर्नी तातो भएर अचानक सुन्निनु र दुख्ने भयो भने त्यसलाई गाउट भनिन्छ। युरिक एसिडको मात्रा यो बेला हेर्यो भने पनि कहिलेकाही सामान्य पनि हुनसक्छ जसले गर्दा प्राये जसो स्वास्थ्यकर्मीहरु झुक्किने गर्नुहुन्छ र युरिक एसिड होइन भन्नुहुन्छ। तर यो भनेको पनि युरिक एसिड नै हो।

युरिक एसिड कसरी हुन्छ ?
युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ । यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ । प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ ।

सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ । युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ।

बच्ने उपाय
-नियमित व्यायम गर्ने
-पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ
-धूमपान र मध्यपानबाट टाढै बस्ने
-प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने
-गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने
-शरीरको वजन घटाउने
-नियमित औषधिको प्रयोग गर्ने
-समय समयमा चिकित्सकको परामर्श लिने

लक्षण
-खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु
-जोर्नी राति बढी दुख्नु
-दुखाइ सहनै नसक्ने हुनु
-लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।
-ज्वरो आउनु, आदि’

सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ । युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ।

– वंसानुगत
-मोटोपना
– म्रिगौलामा रोग भएको कारण

युरिक एसिडले के गर्छ ?
युरिक एसिडले हाम्रो शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ, जसले हाम्रो रक्तकोषिमा हुन सक्ने अदृष्य असरबाट बचाउन मद्दत गर्छ । त्यसैले पनि, युरिक एसिडको लगातारको आपूर्ति हाम्रो शरीरको लागि महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement