पिसाव पोल्ने समस्याबाट मुक्त हुन मेथीको साग र नरिवल पानी


काठमाडौं – कम पिसाव आउनाले पिसाव पोल्छ । यस्तो समस्या सामान्य सावधानी अपनाउदा समाधान हुने डाक्टरहरु बताउछन् ।सामान्यतया पिसाबको रगं हल्का पहेँलो देखि अलि गाढा पहेँलोसम्म हुन सक्छ ।

यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नु नपर्ने डाक्टरले जनाए । तर एक दिन भन्दा बढि यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्छ ।

पिसाव पोल्ने धेरै कारणहरु हुन्छ । कम पिसाव आउनाले पिसाव पोल्ने गर्दछ । सामान्य सावधानी अपनाउदा समाधान हुने कतिपय समस्याहरु जानकारीको अभावले गर्दा अस्पताल नै धाउने गरेको डाक्टरहरु बताउछन् ।यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नु नपर्ने डाक्टर बताउछन् । तर एक दिन भन्दा बढि यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।

पिसाब पोल्नेबाट बच्न यी उपायहरु अपनाउन सकीन्छ ।

प्रशस्त मात्रामा पानी पिउने, अमिलो फल जस्तै कागती, मौसम सुन्तला सेवन गर्ने ।
गाजरको रस साँझ बिहान सेवन गर्ने ।

तरकारीमा मेथीको साग सेवन गर्ने ।
पाकेको आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्ने ।

दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।
पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने ।
हरेक दिन नरिवलको पानी सेवन गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement