ऊर्जामन्त्री पुनले रोल्पामा एकै दिन उद्घाटन गरे दुईवटा सवस्टेशन


काठमाडौँ—ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बिहीबार २ वटा सवस्टेशनको उद्घाटन गरेका छन् । मन्त्री पुनले रोल्पाको होलेनी र कोइलाचौरमा छुट्टाछुट्टै कार्यक्रमका बीच सवस्टेशनको उद्घाटन गरेका हुन्।

मन्त्री पुनले कर्णालीलाई उज्यालो बनाउन धमाधम विद्युतीकरणको काम भइरहेको बताए। गाउँ नजिकै सवस्टेशन हुनु आत्मनिर्भर हुनु रहेको उनको भनाइ छ।

    मन्त्री पुनले १२ प्रतिशत नागरिकसमक्ष विद्युत आपूर्ति हुन नसकेको उल्लेख गर्दै १ वर्षमा पूरै विद्युतीकरण हुने र ३ वर्षमा हरेक नेपालीको घरघरमा विजुली बल्ने बताए।

विद्युतीकरणका लागि बहुवर्षीय ठेक्का आह्वान हुने र रोल्पामा मात्र ४१ करोड बजेट रहने उनले जनाए।

ऊर्जालाई प्राथमिकता दिएको सरकारले अहिले जलविद्युत आयोजना निर्माण र विद्युतीकरणलाई जोड दिएको छ। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा मात्र ५९ वटा सवस्टेशनको निर्माण र क्षमता वृद्धि गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement