उर्जामन्त्री पुन र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता, उर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका इच्छुक


काठमाडौं– अमेरिकी राजदूत अलाइना बी टेप्लिज र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको हाे ।

मन्त्री पुनसंगको भेटमा अमेरीकी राजदूत टेप्लिजले अमेरिका र नेपालको बीचमा बलियो सम्बन्ध रहेको भन्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध सुमधुर र मजबुत हुने धारणा राखिन् । उनले एमसीसी परियोजना लागु भइसकेको भन्दै आगामी भदौबाट काम तिव्र रुपमा सुरु हुने जानकारी समेत दिईन् ।

अमेरिकी राजदूतले उर्जामन्त्रालयको प्राथमिकताबारे चासो राख्दै अमेरिकी सरकार उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको धारणा राखेकी थिईन् । जवाफमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रको विकास गर्ने सरकारको योजना रहेको र अन्तरदेशी प्रशारण लाइन निर्माण उर्जा मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

उनले ण नेपालमा उपयुक्त लगानीको वातावरबनेको भन्दै त्यसका लागी अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण वनाउन सरकार तयार रहेको बताईन् । राजदूतसँगको भेटमा मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए ।

उर्जामन्त्री पुनले उर्जा आर्थिक विकासको प्रमुख आधार भएको भन्दै त्यसका लागि साना तथा ठुला परियोजना समयमै सम्पन्न गर्न मन्त्रालयले काम अगाडी बढाइरहेको दाबी गरे । भेटमा अमेरीकी राजदूतले माथिल्लो कर्णालीजस्ता ठूला आयोजनाहरुको सफल कार्यान्वयन भए त्यसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप हौसला मिल्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement