ऊर्जामा सबैको पहुँच पुर्याउन हरेक घरः ऊर्जा घर’ अभियान : उर्जामन्त्री पुन


काठमाडौं – सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जामा सबैको पहुँच पु¥याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि ऊर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिए । दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखि बनाउनुपर्ने मन्त्री पुनको भनाई छ ।

सरकारले आर्थिक वर्ष २०८०–८१ भित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको माध्यामबाट स्वच्छ ऊर्जामा पहुँच पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दाबी छ ।

मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक ऊर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement