युरोकप फुटबलः आज दुई खेल हुँदै


काठमाण्डु – युरोकप २०२० फुटबलमा आज दुई खेलहरु हुँदैछन् । १६औं संस्करण अन्तर्गत युरोपका विभिन्न ११ शहरमा भइरहेको युरोकपमा आज समूह ‘एफ’ का दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चुगल र हंगेरीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । पुस्कास एरिनामा मैदान उत्रदा पोर्चुगल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, घरेलु टिम हंगेरीलाई हराउन पोर्चुगललाई सहज भने हुनेछैन । मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ। तर, जर्मनीविरुद्ध उसैको मैदानमा जीत निकाल्न फ्रान्सलाई सहज भने हुने छैन ।

फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २/२ खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement