अमेरीकी सेना प्रमुख रक्षामन्त्रालयमा, के भयो द्धिपक्षीय वार्तामा ?


काठमाडौं–नेपालको चार दिने औपचारीक भ्रमणमा रहेका अमेरिकी सेना प्यासिफिकका कमाण्डिङ जनरल रोबर्ट बी.ब्रोनले रक्षासचिव विनोद केसीसंग भेटवार्ता गरेका छन् । रक्षामन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको रक्षामन्त्रालयका उपसचिव ईश्वरी पाण्डेले जानकारी दिए ।

सचिव केसीसंगको भेटमा अमेरीकी कमाण्डिङ जनरलले दुई देशको सैनिक सम्बन्धलाई अझ उचाईमा पुर्याउनुपर्ने धारणा राखेका थिए ।

उनले नेपाली सेनासंग मिलेर आफुहरु सुरक्षाको क्षेत्रमा काम गर्न अझै इच्छुक भएको धारणा राखेका थिए । जवाफमा रक्षा सचिव केसीले दुवै देशको सम्बन्ध मजवुत बनाउन सेनाको महत्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनमा सम्बन्ध अझै सुदृढ गराउनुपर्नेमा जोड दिएका थिए ।

केसीले दुवै देशका सेना र रक्षामन्त्रालयको नेतृत्वको बीचमा समेत नियमित छलफल र भ्रमण आदान प्रदान हुनुपर्ने बताएका थिए । उनले अमेरिकी सेनाले संचालन गरिरहेको सेन्टर फर सेक्युरिटी स्टडिजमा रक्षामन्त्रालयका कर्मचारीहरुलाई पनि सहभागीता गराउन पहल गर्न आग्रह गरेका थिए ।

ब्रोन नेपाली सेनाको निमन्त्रणामा विहिवार राती काठमाडौं पुगेका थिए । उनले शुक्रवार प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement