अमेरिकी सहायक विदेशमन्त्री एलिजाबेथ काठमाण्डुमा


काठमाण्डु – अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाण्डु आइपुगेकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाण्डु आइपुगेकी हुन् ।

ट्रुडोले नेपालमा रहँदा अमेरिकाबारे चिनले फैलाएको मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन् ।

उनले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्नेछिन् । विगतमा अमेरिकी दूतावासको प्रायोजनामा अमेरिका भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्नेछिन् ।

नेपाल बसाइमा ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनस्स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नेछिन् । उनले नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement