काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागी अमेरिकी राजदूत रेण्डी बेरीले बधाई दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएसंगै देउवालाई बधाई दिने उनि पहिलो विदेशी कूटनितिज्ञ हुन ।
देउवाले प्रधानमन्त्रीको रुपमा सपथ लिएसंगै बेरीले उनलाई बधाई दिएका हुन । अमेरिकी राजदूत बेरीले सामाजिक संजाल फेसबुकमा बधाई दिंदै साझा लक्ष्यहरुलाई अगाडी बढाउन नयां सरकारसंग काम गर्न अमेरिका इच्छुक रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । तर, सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने त्यसको विरुद्धमा छन् ।
प्रतिक्रिया