पाकिस्तानमाथी दबाव बढाउंदै अमेरिका,आतंकवादको लडाईमा साथ दिने अमेरिकाको घोषणा


नयां दिल्ली – भारतको पुलवामा भएको आतंकवादी हमलाको अमेरिकाले कडा शब्दमा विरोध जनाएको छ । भारतको जम्मु कश्मिर राज्यको पुलवामा केन्द्रीय रिजर्व पुलिस फोर्स (सिआरपिएफ) का ४० जवानको मृत्यु हुने गरी भएको सांघातिक हमलाको अमेरिकाले विरोध गरेको हो । 

भारतमा जवाफी कार्वाहीको विकल्पको वारेमा छलफल सुरु भएको समाचार सार्वजनिक भइरहेको बेला अमेरिकाले भारतको आत्म रक्षा अधिकारको समर्थन जनाउने बताएको छ । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जान बोल्टनले आफ्ना भारतीय समकक्षी अजीत डोभाललाई टेलिफोन गरेर घटनाको वारेमा दुख व्यक्त गर्नुका साथै संवेदना प्रकट गरेका छन् ।  

घटनाको जिम्मा आतंकवादी संगठन जैश ए मोहम्मदले लिइसकेको छ । अमेरिकी सुरक्षा सल्लाहकार बोल्टनले भारतको सवै कदमको अमेरिकाले समर्थन गर्ने बताएका छन् । उनले डोभलासंग दुवै मुलुक मिलेर आतंकवादी संगठनलाई निस्तेज पार्ने प्रतिवद्धता समेत जनाएका छन् । 

दुवै देशका सुरक्षा सल्लाहकारको टेलिफोन वार्तामा भारत र अमेरिका मिलेर संयुक्त राष्ट्रसंघमा मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने प्रक्रियालाई पनि तिव्र रुपमा अघि बढाउने सहमती भएको छ । उनले यसवारेमा अमेरिका स्पष्ट रहेको भन्दै पाकिस्तानसंग वार्ता गर्ने समेत बताएका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पाकिस्तानलाई आतंकवादीलाई समर्थन गर्ने निर्णय बन्द गर्न चेतावनी दिएका छन् । उनले आतंकवाद विरुद्धको लडाईमा भारतको पक्षमा अमेरिका रहेको भन्दै पाकिस्तानलाई अन्र्तराष्ट्रिय सुरक्षालाई खतरा हुने आतंकवादीलाई आश्रय नदिन चेतावनी दिए । यता चीनले पनि घटनाको विरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement