अमेरिकी मन्त्रीको भनाईप्रति चिनियां राजदूतको आक्रोस 


काठमाडौं-  नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले  चिनियां लगानीबारे प्रश्न उठाएपछि चीनले त्यसमा असन्तुष्टि जनाएको छ ।  

सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा अमेरिकी उपसहायकमन्त्री फेल्टरले चीनले गर्ने लगानी पारदर्शी हुनुपर्ने धारणा राखेका थिए । 

नेपालका लागी चिनियां राजदूत होउ यान्छीले ले अमेरिकी मन्त्रीको भनाईप्रती सार्वजनिक रुपमै असन्तुष्टि जनाएकी छन् । 

ललितपुरमा मंगलबारदेखि सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तराष्ट्रिय सम्मेलनको उद्धघाटन कार्यक्रमा बोल्दै राजदूत होउले कोसौँ टाढाको देशले नेपाल–चीनसम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु अनुचित रहेको बताएकी हुन् । 

 ‘नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी देश हुन् । कोषौँ टाढा भएको देशले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टिका टिप्पणी गर्नु हुँदैन’ । चिनियां राजदूतले भनिन् । 

उनले आफु दक्षिण एसियाली मुलुकहरुको अवस्थाको बारेमा जानकार रहेको भन्दै यी देशहरुलाई ठुला विकसित देशहरुबाट ठुला आयोजना निर्माणको लागी सहयोग आवश्यक रहेको बताईन ।  

चिनियां राजदूतले अमेरिकाले यी देश र छिमेकीबारे टिप्पणी गर्नुभन्दा सहयोग बढाउनु राम्रो हुने सुझाव समेत दिईन ।  

प्रतिक्रिया दिनुहोस
Advertisement