नेपाललाई ५ अर्ब ८४ करोड सहयोग गर्ने अमेरिकी विदेशमन्त्रीको घोषणा


काठमाण्डु – अमेरिकाले नेपाललाई ५ अर्ब ८४ करोड (५० मिलियन डलर) सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत नेपाललाई प्रदान गर्दै आएको वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका छन् ।

नेपाल कोराना भाइरसको महामारीविरुद्ध जुधिरहेको बेला अमेरिकाले वैदेशिक सहायतामा बृद्धी गरेको हो । उनले नेपाललाई चरणबद्ध रुपमा सहयोग गर्ने समेत बताएका छन् ।

अमेरिकी सहयोग नियोग युएसएडले अत्यावश्यक स्वास्थ्य सामाग्रीलाई चाँडै नेपालमा एयरलिफ्ट गर्ने तयारीमा छ । उनले त्यसैमा कमेण्ट गर्दै नेपाललाई चरणबद्ध सहयोग गर्ने अमेरिकाको तयारी रहेको जानकारी दिंदै सहायताको पहिलो खेप चांडै आउने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement