‘ट्यारिफ’ युद्धको संघारमा श्रीमतीसहित किन भारत जाँदैछन् अमेरिकी उपराष्ट्रपति ?

‘ट्यारिफ’ युद्धको संघारमा श्रीमतीसहित किन भारत जाँदैछन् अमेरिकी उपराष्ट्रपति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार परिवारसहित चारदिने भारत भ्रमणमा जाँदै छन् ।

उपराष्ट्रपति भान्सले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा दुई देशको सम्बन्ध र व्यापार नीतिबारे छलफल हुने अपेक्षा छ । ट्रम्पले भारतलाई ‘ट्यारिफ किंग’ भन्दै आएका छन् ।

ट्रम्पले पारस्परिक भन्सार शुल्क नीति घोषणा गरेका छन् । मोदीसँगको भेटमा ट्यारिफबारे ठोस समाधान नभए पनि द्विपक्षीय व्यापार वार्ता सुरु भएको छ ।

भान्सको भ्रमण भारतीय प्रतिनिधिमण्डलको अमेरिका भ्रमणअघि भएको हो । भान्स र मोदीबीच अर्थतन्त्र, व्यापार र भूराजनीतिबारे वार्ता हुनेछ ।

भान्स ट्रम्पको नीतिप्रति आक्रामक छन् । उनी अमेरिकाका परम्परागत सहायक उपराष्ट्रपति नभएर आक्रामक नेता मानिन्छन् । रिपब्लिकनभित्र उनलाई ट्रम्पको उत्तराधिकारीका रूपमा हेरिन्छ ।

मोदीले पेरिसको एआई सम्मेलनमा भान्सलाई भेटेका थिए । उनले भान्सका तीन सन्तानलाई उपहार दिए । दुवै देश व्यापार सम्झौता चाँडो टुंग्याउन प्रयासरत छन् । भान्सले भारत–अमेरिका प्रविधि साझेदारी ट्रस्टको शुभारम्भ गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

भान्स पहिलोपटक भारत आउँदै छन् । उनकी पत्नी उषा चिलुकुरी भान्स भारतीय मूलकी हुन् ।

आन्ध्र प्रदेशकी उषाले २०१४ मा भान्ससँग विवाह गरेकी थिइन् । उनको परिवार अझै आन्ध्रमा बस्छ । उषाका हजुरबुबा प्रोफेसर सी रामा शास्त्री र हजुरआमा शान्तम्मा प्राध्यापक थिए । ३८ वर्षीया उषाले येल र क्याम्ब्रिज विश्वविद्यालयबाट डिग्री हासिल गरेकी छन् ।