अमेरिकाद्धारा नेपाललाई ३६ करोड बराबारको स्वास्थ्य सामाग्री प्रदान


काठमाण्डु – अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गरेको छ । अमेरिकाले यसअघि ३९.९ मिलियन डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्ने घोषणा गरिसकेको छ ।

अमेरिकी दूतावासले स्वास्थ्य मन्त्रालय र सीसीएमसीलाई कोभिड–१९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाईफलो अक्सिजन डिभाइसलगायतका सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तीमा नेपाललाई टेलिमिडिसन उपकरण, परीक्षण साधन, ह्यान्डवासिङ स्टेसन र हेल्थ क्लिनकका सामाग्री प्रदान गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement