भाजपाका नेताले भेटे प्रधानमन्त्री देउवालाई


काठमाण्डु : भारतीय सत्तारुढ दल भारतिय जनता पार्टी (भाजपाका) नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । आज बिहान काठमाण्डु आएका उनिहरुले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेको दशौँ महाधिवेसनमा सहभागि हुन दुवै नेता नेपाल आएका हुन् । उनिहरु केहीबेरमा एमालेको महाधिवेसन स्थल चितवन जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement