भाजपा विदेश विभाग प्रमुख काठमाण्डुमा, भेटे प्रधानमन्त्रीलाई


काठमाण्डु – भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भाजपाका विदेश विभाग प्रमुख विजयले बिहीबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

भट्टराईले उनीहरुको भेटमा दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको जानकारी दिए । उनी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका हुन् ।

दुई देशबीच सीमा समस्या र नेकपाभित्र संकट गहिरिएका बेला विदेश विभाग प्रमुख चौथाइवाको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

केही समय अगाडि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला, सेनाप्रमुख मनोज मुकुन्द नरवाणे र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त कुमार गोयलले नेपाल भ्रमण गरेका थिए

प्रतिक्रिया दिनुहोस
Advertisement