भ्यालेन्टाइन डेमा वर्षा र संजोग कोइरालाको बिहे हुने


काठमाडौँ  – अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको अफेयर चलेको लामो समय भइसकेको छ । लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह आउंदो फागुनमा हुने भएको छ ।

उनीहरुको विवाह आउँदो फागुन २ गते (फेब्रुअरी १४) मा हुने भएको हो । उनीहरुले विवाहका लागि प्रयण दिवस अर्थात भ्यालेन्टाइनको दिन रोजेका हुन् ।सोमबार बिहानै अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई सरप्राइज दिँदै आफूहरुको विवाह पक्का भएको भन्दै निमन्त्रणा कार्ड पोस्ट गरेकी छन् ।

 

वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह गरेकी छिन् । उक्त कार्डमा प्रेम सेलिब्रेट गर्ने दिनमा नै उनीहरुले विवाह गर्न लागेको उल्लेख गरिएको छ ।  वर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शीवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement