काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य जारी

काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

अहिले राजधानीको महाराजगञ्ज र चावहिल–चुच्चेपाटी क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते काठमाडौँमा विद्युत्को तारलाई भूमिगत गर्ने कार्यको उद्घाटन गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘‘महाराजगञ्जमा कामलाई निरन्तरता दिन नसकिए पनि चाहबेल–चुच्चेपाटी क्षेत्रमा तारलाई भूमिगत गर्ने कार्यलाई सम्पन्न गरिने छ, यस क्षेत्रमा काम गर्नका लागि काठमाडौँ जिल्ला प्रशासनबाट अनुमति प्राप्त भइसको छ, मङ्गलबारबाट काम सुरु हुनेछ ।’’

तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न पर्दैन । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँ ठाउँमा निश्चित दूूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ । त्यसबाट दुईवटा पाइप छिराएर तार राख्ने काम सम्पन्न गरिन्छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ र