भानुभक्त ढकाल कानुन मन्त्रीमा नियुक्त,आजै सपथ हुने


काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । मोरङ–३ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सा‌ंसद ढकाललाई प्रधानमन्त्री केपी ओलीले मन्त्रीमा नियुक्त गरेका हुन । अघिल्लो म‌ंगलबार मन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पछि उक्त मन्त्रालय प्रधानमन्त्री ओलीले हेर्दै आएका थिए।

बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली छात्राहरुमाथि हुने व्यवहारबारे विवादास्पद अभिव्यक्ति दिएपछि तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएपछि सो स्थानमा सांसद ढकाललाई ओलीले सोही जिम्मेवारी दिएका हुन्।

यसैगरी स्वास्थ्यराज्यमन्त्री पद्मा अर्याललाई भूमिसुधार व्यवस्था र सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। अघिल्लो हप्ता कृषि मन्त्रालयलाई फुटाएर बनाइएको भूमिसुधार तथा सहकारी मन्त्रालयमा स्वास्थ्यमन्त्री अर्याललाई बढुवासहित सरुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement