भायानेटको विश्व प्रसिद्ध ओटिटीको लागी एलोफ्ट होटेलमा १ जीबी स्पिड इभेन्ट


काठमाण्डु –  भायनेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर महत्त्वपूर्ण बेन्चमार्क हासिल गरेको छ ।

यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि पनि ठूलो खबर भएकाे कम्पनीले जनाएकाे छ ।  काठमाण्डुको एलोफ्ट होटेलमा विस्व प्रसिद्द ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो ।

नेपालभरि ब्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले नेपाली ग्राहकसंगै अब विश्व स्तरिय ग्राहकको ध्यान समेत तानेको छ ।

बिगत लामो समय देखी भायानेट एलोफ्ट काठमाण्डुकाे लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिदै आएको जनाएकाे छ । सुरुमा, भायनेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्शन टोलीलाई एलोफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो । फलस्वरूप, भायनेट टोलीले प्रत्यक्ष स्विच र १० जी पोर्ट स्विच मार्फत इन्टरनेट उपलब्ध गराउने विकल्प रोज्यो ।

भायनेटको सपोर्ट टोलीले मे २४, २०२१ मा १ जीबी परीक्षण चरण सफलतापूर्वक पूरा गर्यो । एलोफ्ट काटमाण्डुका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काटमाण्डुका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement